सूचनाको शक्ति - The Power Of Information

        

भर्खर विवाह गरेको श्रीमान एचआइभी संक्रमित परेपछि…

एक एचआइभी संक्रमित पुरुषले आफ्नो रोग लुकाएर प्रेमिकासँग गरेको विवाह अदालतले खारेज गरिदिएको छ । चीनको ली थर भएकी आफ्नो प्रेमिका गर्भवती भएपछि जियाङ नाम गरेका उनका प्रेमीले गत जुन महिनामा विहे गरेका थिए ।

तर, उनले विहेपछि मात्रै आफू लामो समयदेखि एचआईभी संक्रमणमा परेर औषधोउपचार गरिरहेको बताएका थिए । प्रेमिकाले भने रोग लुकाएर आफूलाई गम्भीर धोका दिएको भन्दै विहे रद्ध गर्न जिल्ला अदालतसमक्ष निवेदन दिएकी थिइन ।

निवेदन हेरेपछि संघाईको मिनहाङ जिल्ला अदालतले महिलाको पक्षमा निर्णय गर्दै विहे रद्ध गरिदिएको थियो । डेलीमेलका अनुसार पतिको स्वास्थ्यको बारेमा जानकारी पाएकी पत्नीले तत्काल गर्भपतन गर्नका लागि अदालतमा रिट दायर गरेकी थिइन् ।

संक्रमित पति जियाङले आफ्नी पत्नीसँग माफी माग्दै गर्भमा रहेको बच्चालाई जन्माउन आग्रह गरेका थिए । उनले संक्रमित व्यक्तिबाट समेत संक्रमणरहित शिशु जन्मन नसक्ने भन्दै गर्भपतन नगर्न आग्रह गरेका थिए । तर, उनकी पत्नीले मान्दै मानिनन्, बर्षौ अघिदेखिको प्रेम र त्यसपछिको विवाहित सम्वन्धलाई रद्ध गरिन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १६:११