सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनको बाख्मत शहर रूसले कब्जा नगरेकाे अमेरिकाकाे दावी

रुसले युक्रेनको बाख्मत शहर नियन्त्रणमा लिएको घोषणा गरेल गत्तै अमेरिकाले बाख्मतको लडाई नसकिएको दावी गरेको छ ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउसले युक्रेनी सेना बाख्मतमा संघर्ष गरिरहेको दावी गरेको हो । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले युक्रेनी सेनाले बाख्मत नछाडेको दावी गर्दै यसै हप्ता युक्रेनलाई थप सैन्य सहायता दिइने बताएका छन् ।

रुसको पक्षबाट लडिरहेको वागनर समूहले साेमबार मात्रै बाख्मत शहर पूर्ण रूपमा नियन्त्रणमा लिएकाे घोषणा गर्दै त्यहाँको मुख्य प्रशासनिक भवनमा रुसी झण्डा फहराएको घोषणा गरेको थियो । यता, युक्रेनले पनि रुसी सेना बाख्मत कब्जा गर्ने अवस्थाबाट धेरै टाढा रहेको दावी गरेको छ ।

युक्रेनको औद्योगिक शहरको लडाई अहिलेसम्मकै लामो र रक्तपातपूर्ण रहेको जनाइएकाे छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार ०९:१७