सूचनाको शक्ति - The Power Of Information

        

किन बढ्न सकेन कर्जाको माग ?

पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहे पनि निजी क्षेत्रबाट कर्जाको माग न्यून देखिएको छ । बैंकहरूमा तरलता सहजता हुँदै जाँदा कर्जा प्रवाह त्यसैअनुसार बढ्नुपर्नेमा न्यून देखिएको हो ।

करिब एक वर्षसम्म लगानीयोग्य रकम अभावमा बैंकहरूले कर्जा प्रवाह गर्न सकेका थिएनन् । कतिपय अवस्थामा कर्जाको माग भए पनि दिन नसक्दा बैंकर्ससँग निजी क्षेत्रले असन्तुष्टि राख्ने गरेको थियो ।

तर, एक वर्षअघिको त्यो परिस्थिति अहिले फेरिएको छ । तरलता सहज हुँदै जाँदा बैंकहरूले कर्जाका लागि उल्टै आकर्षक योजना सार्वजनिक गर्न बाध्य भएका छन् ।

चालू आर्थिक वर्षको सात महिनामा निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह निकै सुस्त देखिएको छ । यस अवधिमा २ खर्ब २७ अर्ब रूपैयाँ निक्षेप संकलन हुँदा १ खर्ब १ अर्ब रूपैयाँमात्रै कर्जा प्रवाह भएको छ ।

यस अर्थमा अहिले बैंकहरूसँग एक खर्ब हाराहारी लगानी गर्ने पूँजी छ । तर, आत्मबल गुमाएको निजी क्षेत्रले कर्जा मागेको अवस्था छैन् ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार ०७:१७