खजुरा गाँउपालिकाले सोमबारदेखी कोभिड विरुद्धको खोप लगाउने भएको छ ।
आगामी तीन दिनसम्म गाउँपालिकाको सबै वडामा रहेका स्वास्थ्य संस्थामा कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम शुरु हुने स्वास्थ्य शाखाका लक्ष्मी केसीले जानकारी दिइन् ।
उनका अनुसार यसअघि एकपटक पनि खोप नलागाएका १८ बर्षमाथिका सबैको लागि भेरोसेलको पहिलो मात्रा, १२ बर्षमाथिका सबै दिर्घरोगीहरु, गर्भवती, स्वास्थ्यकर्मी तथा ५५ बर्षको माथिका सबैलाई पिफाइजरको पहिलो र दोस्रो बुस्टर डोज लगाउने कार्यक्रम रहेको छ ।
आफुलाई पायक पर्ने स्थानमा पुगेर खोप लगाउन गाउँपालिकाको स्वास्थ्य शाखाले सर्बसाधारणलाई अपिल गरेको छ ।
सत्यपाटी संवाददाता । बाँके