पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने भएको छ।
राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठ लगायतको अगुवाइमा साेमबार एक कार्यक्रमकाबीच पूर्वराजा शाहको नागरिक अभिनन्दन गर्न लागिएको हो । कार्यक्रमका आयोजकहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यक्रमका लागि अनुमति मागेका थिए ।
तर प्रशासनले कार्यक्रमका लागि अनुमति दिएको छैन । सुरक्षाको कारण देखाउँदै प्रशासनले अनुमति दिन नमानेको हो । तर सरकारले नै पूर्वराजा शाहको अभिनन्दन कार्यक्रमका लागि अनुमति नदिएकाले प्रशासनले सुरक्षाको कारण देखाएको बुझिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ