राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।
पेटमा स्वास्थ्य समस्या आएपछि उहाँलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको हो ।
हाल उहाँको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ