सूचनाको शक्ति - The Power Of Information

        

भूमिगत सहर : जहाँ मानिसहरू जमिनमुनि बस्छन्

जमिनमा नै घर बनाएको देख्नुभएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू धेरै विलासी र ऐस आरामले सुसज्जित छन् । यो आधुनिक सहरजस्तो देखिन्छ । आधुनिक सहरमा पाइने सबै कुरा यहाँ जमिनमुनि हुन्छ । यो अनौठो सहर अस्ट्रेलियाको मरुभूमि क्षेत्रमा अवस्थित छ । जहाँ यसलाई कुबर पेडी भनेर चिनिन्छ ।

भूमिगत सहर

यो सहर पुगेपछि मरुभूमिको बीचमा रातो र खैरो जमिन मात्रै देखिन्छ । जमिनभन्दा माथि घर बनाएर यहाँ कतिपय मानिसहरू बसोबास गर्छन्, तर यहाँ एउटा यस्तो भाग छ जहाँ जमिनभन्दा माथि केही पनि देखिँदैन र जमिनमुनि विलासी जीवनका सबै सुविधा उपलब्ध छन् । यसमा स्विमिङ पुल, होटेल, चर्च लगायत धेरै भव्य रेस्टुरेन्टहरू पनि छन् ।

यसकारण जमिनमुनि बस्छन्

कुबर पेडी धेरै तातो ठाउँ हो, जाडो मौसममा पनि न्यानो रहन्छ र वर्षा पनि हुन्छ । रिपोर्टका अनुसार यहाँ वर्षभरि करिब १३० मिलिमिटर वर्षा हुन्छ । मानिसहरू भूमिगत बस्न रुचाउनुको एउटा प्रमुख कारण यो हो । यहाँ २४ घण्टा पानी परेपछि बाढीको अवस्था सिर्जना हुन्छ ।

४५ देशका मानिस र ३५०० जनसङ्ख्या

यस भूमिगत सहरमा लगभग ३५०० मानिसहरू बस्छन् । यस सहरमा करिब ४५ देशका मानिसहरू बसोबास गर्छन् । यसमा पनि ६० प्रतिशत युरोपका बासिन्दा छन् । कम जनसङ्ख्याको बाबजुद, यो सहर आफ्नो अद्भुत संस्कृति र जीवनशैलीको कारण मानिसहरूको मन पर्ने ठाउँहरूमध्ये एक हो ।

पर्यटन र ओपल खानी यहाँको आम्दानीका स्रोत हुन् । यहाँका मानिसहरू राति मात्रै खेलकुदमा रमाउँछन् । यहाँको गल्फ कोर्स निकै प्रसिद्ध छ । यस सहरमा भूमिगत घर मात्रै होइन होटेल पनि छन् । यहाँ तपाईँले जमिनमुनि एउटा स्विमिङ पुल पनि देख्नुहुनेछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार ११:४२