सूचनाको शक्ति - The Power Of Information

        

पर्याप्त निद्रा नपुग्दा प्रजनन क्षमतामा असर

स्वास्थ्य राम्रो बनाउन सबैलाई स्वस्थ खानपान र नियमित व्यायामसँगै आवश्यक छ, पर्याप्त निद्रा । निद्राको गडबडीका कारण धेरै प्रकारका शारीरिक तथा मानसिक समस्या देखिन्छ ।

निद्रा नपुग्दा रक्तचापदेखि तनाव–डिप्रेसनसम्मका समस्या आउन सक्छ । यतिमात्र होइन निद्राको कमीका कारण प्रजनन स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने खतरा रहेको एक अनुसन्धानले देखाएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार निद्राको कमीले प्रजनन क्षमतासँग सम्बन्धित हर्मोनलाई असर गर्न सक्छ । पर्याप्त निद्रा नपुग्दा महिलामा ‘ओभुलेसन’ र पुरुषहरूमा शुक्राणुलाई असर गर्छ ।

अध्ययनका अनुसार महिलामा लामो समयसम्म निद्रा नलाग्ने समस्याले एस्ट्रोजेन, प्रोजेस्टेरोन, प्रोल्याक्टिन र ल्युटेनाइजिङ जस्ता हर्मोनलगायत विभिन्न प्रजनन हर्मोनमा प्रत्यक्ष असर पार्न सक्छ । अर्थात्, निद्राको कमीले बाँझोपन जस्ता समस्याको जोखिम पनि बढाउन सक्छ ।

पुरुषमा स्वस्थ शुक्रकीट उत्पादनमा टेस्टोस्टेरोन हार्मोनले महत्त्वपूर्ण भूमिका खेल्ने वैज्ञानिकहरू बताउँछन् । यी हर्मोनहरू सामान्यतया निद्राको समयमा निस्किने सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ ।

बोस्टन युनिभर्सिटीमा एपिडेमियोलोजीका अनुसन्धानकर्ता र प्रोफेसर लरेन वाइजका अनुसार राम्रोसँग सुत्ने पुरुषमा टेस्टोस्टेरोन स्तर हुन्छ जुन प्रजननका लागि धेरै राम्नो हुन्छ । वयस्क मानिसले दैनिक ६ देखि ८ घण्टा दैनिक सुत्नु पर्ने चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार ०७:३४