पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जनामा संक्रमण देखिएकाे हाे ।
आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण देखिएकाे हाे ।
तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ