मोरङको रंगेली नगरपालिका–२ खोरिया टोलमा प्रेमि–प्रेमिकाको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
रंगेली नगरपालिका २ खोरियाटोल घरका भएका १८ वर्षीया सन्जय उराउ र बेलबारी नगरपालिका २ थापा टोलकी १७ वर्षीया ललिता उराउ लिचीको बोटमा झुण्डिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र बहादुर खड्का जानकारी दिए ।
स्थानीय इश्वरी कृषी फर्मको लिची बगानमामा झुन्डिएको अवस्थमा उनीहरुको शव भेटिएको हो । प्रहरीका अनुसार मृतक ललिता र सन्जय प्रेमि– प्रेमिका हुन् । ललिता एक महिना अगाडि सन्जयको घरमा आएर बस्दै आएकी थिइन् । लिचीको बोटमा झुन्डिएको अवस्थामा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सत्यपाटी संवाददाता । मोरङ