सूचनाको शक्ति - The Power Of Information

        

नियमित ‘सेक्स’का फाइदा, ‘स्वस्थ बनाउँछ, तनाव हटाउँछ’

हाम्रो देशमा यौन सम्बन्धी कुरा गर्न लाज मानिन्छ तर, खास कुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो ।

सेक्सबाट ब्लड प्रेशर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ । एक सर्वेका अनुसार नियमित ‘सेक्स’बाट मुटुरोगको सम्भावना पनि कम रहन्छ भने राम्रोसँग गरिने ‘सेक्स’ले मानसिक तनाव पनि काम हुन्छ ।

जो व्यक्ति नियमित ‘सेक्स’ गर्छ उसको बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । एक सर्वेका अनुसार नियमित ‘सेक्स’ले मानिसलाई शारीरिक रुपमा फिट रहन मद्दत गर्नुका साथै दिमागी क्षमता पनि बढाइदिन्छ ।

‘सेक्स’ले इम्युन सिस्टम बढाउने काम गर्छ

खोजका अनुसार ‘सेक्स’ गर्नुपूर्व व्यायाम गर्नाले तपाईको स्वास्थ्यमा सकारात्मक असर पर्छ, त्यसका साथै तपाई आफूलाई ताजा र स्वस्थ–स्फुर्त महशुस गर्नुहुन्छ । ‘सेक्स’ले इम्युन सिस्टमलाई बढाउने भएकाले रोग लाग्ने सम्भावना कम रहन्छ ।

‘सेक्स’ले काम इच्छालाई बढाएर फिट राख्छ

‘सेक्स’ले केवल तपाईलाई आनन्द मात्र दिँदैन यसले महिलालाई ‘सेक्स’का बेला रक्तसञ्चार बढाएर शारीरिक रुपमै फिट राख्न मद्दत गर्दछ ।

महिलाहरुमा मुत्राशय नियन्त्रणमा सहयोगी

‘सेक्स’ महिलाहरुलाई कयौं कुरामा फाईदाजनक हुन्छ । ‘सेक्स’को बेला महिलाले ओर्गाम्ज पूर्णरुपमा हासिल गर्दछन् जसबाट उनको मांशपेशीहरु मजबुत गर्नमा सहयोग गर्दछ ।

‘सेक्स’ले उच्च रक्तचापलाई कम गर्छ

‘सेक्स’ र रक्तचापमा आपसी सम्बन्ध हुने गरेको पाइएको छ । यसले मानिसको रक्ताचापलाई सन्तुलनमा ल्याउन ठूलो भूमिका खेल्ने गर्दछ ।

‘सेक्स’ एउटा राम्रो कसरत हो

‘सेक्स’ गर्दा जोडीले आफ्नो सबै अंगहरुलाई पूर्ण रुपमा चलाउने हुँदा यो एउटा राम्रो शारीरिक कसरत साबित हुन्छ ।

‘सेक्स’ले हृदयघातको समस्याबाट बचाई राख्न मद्दत गर्छ

‘सेक्स’ गर्दैगर्दा तपाईको हृदय सम्पूर्ण रुपले प्रफुल्ल भए सबै कोष कोषमा रक्तसञ्चार हुने भएकाले यसले हृदयाघातको सम्भावना कम गर्दछ । प्राप्त जानकारी अनुसार हप्तामा दुई पटक ‘सेक्स’ गर्नाले हृदयघातको सम्भावना कम हुन्छ ।

‘सेक्स’ले दुखाई कम गर्छ

दुखाई कम गर्न हामी विभिन्न चक्की खाने गर्छौं तर अनुसन्धानले ‘सेक्स’ गर्दा चक्की प्रयोगले दीर्घकालिन नकारात्मक प्रभाव पाइएको छ ।

‘सेक्स’ले प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ

पुरुषलाई महिनामा २१ पटकको पूर्ण ‘सेक्स’ले प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्ने बताइएको छ ।

‘सेक्स’ले राम्रो निन्द्रा दिलाउँछ

‘सेक्स’ गरेपछि मानिसले ओक्सितोसिन र प्रोलेक्टिन हार्मोन बढेर जान्छ र आरामको महसुस भई निन्द्रा आउँछ ।

‘सेक्स’ले मानसिक तनाव कम गराउँछ

‘सेक्स’को बेला मानिसले चुम्बन गर्ने, अँगालो हाल्ने सरिरका विभिन्न अंगमा छुने चलाउने गर्ने भएकाले मानिसले सबै मानिसिक पीडा बिर्सेर आफूलाई ‘सेक्स’मा नै केन्द्रित गर्छ, जसबाट उसले सबै प्रकारले तनाव भुल्दछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार ०९:२०