सूचनाको शक्ति - The Power Of Information

        

किन हुन्छ महिनावारी गडबढी ?

धेरैजसो महिलाहरुले समयमा महिनावारी नहुने गुनासो गर्दछन् । महिनावारी रोकिँदा आमबुझाई यो हुन्छ की, कतै गर्भ त रहेन ? तर सन्तानको योजनामा नरहेका धेरै महिलाहरुको महिनाबारी ढिला हुने गरेको पाइन्छ । यसरी महिनाबारी ढिला हुनुमा धेरै कारणहरु छन् जसमध्ये ९ वटा कारण निम्न प्रकारका छन् ।

तनाव – तनावको असर शरीरमा विभिन्न तरिकाबाट पर्दछ, जसमध्ये महिनाबारी पनि एक हो । तनावले जीएनआरएच नामक हर्माेनको मात्रा कम हुन जान्छ । जसले पिरियड (महिनाबारी) हुँदैन । त्यसैले आफुलाई खुशी राख्नुपर्छ र नियमित महिनाबारीका लागि डाक्टरसँग परामर्श लिनपर्दछ ।

बिरामी – अचानक ज्वरो आउनु, खोकी लाग्नु वा स्वास्थ्यमा अन्य कुनै समस्या देखिएमा त्यसको असर महिनाबारीमा देखिन्छ । यस्तो किसिमको समस्या अस्याथी रुपमा देखिन्छ जब तपाई निको हुनुहुन्छ त्यसपछि महिनाबारी नियमित हुन थाल्छ ।

दिनचर्यामा परिवर्तन – आफ्नो दिनचर्यामा फेरबदल हुँदा पनि महिनाबारीमा असर देखिन्छ । कार्यतालिका परिवर्तन हुँदा, राती काम गर्दा,आफ्नो घरबाट बाहिर निस्कँदा, विवाह, भोजमा सहभागि हुँदा हाम्रो दैनिकीमा परिवर्तन आउँछ र यसको असर महिनाबारीमा देखिन्छ ।

स्तनपान – स्तनपान गराइरहेका महिलाहरुको पनि महिनाबारी हुँदैन । स्तनपान बन्द गरिएपछि स्वत महिनाबारी सुरुहुन्छ ।

अस्थायी साधन पिल्स – बच्चा नहुन प्रयोग गरिने अस्थायी साधन पिल्सका कारण पनि महिनाबारीमा गडबडी देखिन्छ ।

मोटोपना – मोटोपनाका कारण पनि महिनाबारी अनियमित हुने गर्दछ । महिनाबारी अनियमित हुने समस्या क मतौल भएका महिलामा पनि देखिन्छ तर तुलनात्मक रुपमा कम तौल भन्दा बढी तौल भएका महिलामा यस्तो समस्या धेरै हुने गर्दछ ।

प्रि मेनापोज – मेनापोज हुनुभन्दा अगाडि महिलाको शरीरमा आन्तरिक रुपमा धेरै बदलाब आउछन् जसका कारण महिनाबारी समयअगावै कि ढिला हुने हुन्छ ।

दुब्लोपना – यदि तपाई दुब्लो हुनुुहुन्छ भने पनि महिनाबारी अनियमित हुन्छ ।

थायराइड – घाँटीमा हुने थायराइड ग्रन्थीले मेटाबाँलिज्मलाई नियन्त्रणमा राख्दछ जसले महिनाबारी अनियमत बनाउँछ । त्यसैले महिनाबारी अनियमित भयो भने कतै मलाई थायराइड त भएको छैन भनी सोच्नुपर्दछ र डाक्टरलाई सम्पर्क गर्नुपर्दछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ०९:५८