कोरोना महामारीका कारण विश्वभर ८० लाखभन्दा धेरै बालबालिका अनाथ भएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा ८० लाखभन्दा धेरैको सङ्ख्यामा बालबालिका अनाथ भएका पाइएको छ ।
कोभिड महामारीको प्रभावबारे खोज तथा तथ्याङ्क अनुसन्धान गरेको इम्पेरियल कलेज, लण्डनका अनुसार महामारीको तीन वर्षको अवधिमा अमेरिकामा मात्रै दुई लाख ३८ हजार पाँच सय बालबालिकाले अभिभावक गुमाएका छन् । उनीहरु आर्थिक, शैक्षिक एवं मानसिक चुनौती झेल्न बाध्य भएका छन् ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम नियन्त्रण केन्द्रले अभिभावक गुमाएका बालबालिका गरिबीतर्फ धकेलिएका, दुर्व्यवहारको जोखिममा रहेका, उनीहरूको शरीरिक एवं मानसिक विकास तथा मानसिक स्वास्थ्यका साथै शिक्षामा पनि चुनौती थपिएको जनाएको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै अभिभावक गुमाउने अमेरिकी ६ वटा राज्यमध्ये क्यालिफोर्निया पहिलो स्थानमा छ । न्युयोर्क राज्यले अभिभावक वा आफ्नो हेरचाह गर्ने गुमाएका बालबालिकाका लागि छात्रवृत्ति कोषमार्फत् आर्थिक सहयोग गर्ने वैधानिक व्यवस्था गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ