सूचनाको शक्ति - The Power Of Information

        

काेशी नामकरण विवाद : प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २० जना घाइते

कोशी प्रदेशको नामाकरण भएको विरोधमा आन्दोलन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप हुँदा २० जनाभन्दा धेरै घाइते भएका छन् । प्रहरीका अनुसार प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा र इँटाले लागेर १५ जना सुरक्षाकर्मी घाइते भएका छन्

। कोशी प्रदेश नामाकरणको विरोधमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हान्न थालेपछि प्रहरीले लाठी चार्जसँगै केही राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । झडपका क्रममा भिडलाई तितरवितर बनाउन ४४ सेल अश्रु ग्यास र १७ राउन्ड हवाइफायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रदर्शन र कोणसभा सकेर प्रदर्शनकारी फर्किएपछि विराटनगरको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । प्रदेश सभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् ।

केही दिनअघि आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा ज्यान गएपछि आन्दोलन झन् चर्किएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १९:०३