सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बहु बिवाह मुद्दामा फरार एक पक्राउ

बहु बिवाह मुद्दामा फरार रहेका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बाँके नरैनापुर गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ४३ का हुकुम बहादुर खड्का रहेका छन् ।

प्रहरीका अनुसार, बाँके जिल्ला आदलत बाट गत असार १६ गते खड्कालाई बहु बिवाह मुद्दामा १ बर्ष २ महिना ७ दिन कैद सजाय तोकिएको थियो । त्यसपछि उनी हालसम्म फरार रहेका थिए ।

फरार रहेका खड्कालाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १८:५९