सूचनाको शक्ति - The Power Of Information

        

महिनावारीपछि कुन दिनको सेक्स सबैभन्दा सुरक्षित ?

महिनावारीअघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ ।

त्यसैले विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प अर्थात ‘सेफ सेक्स पिरियड’ भनेर मानेका पनि छन् । आज हामीले त्यहि कुरामा चर्चा गर्दैछौँ, कुन दिनको सेक्स सुरक्षीत हुन्छ ?

१) महिनावारी भएको पहिलो सात दिन – महिनावारी भएको पहिलो सात दिन सुरक्षीत पिरियड हो तर यो बेला महिला शारीरिक र मानसिक रुपले पनि यौन सम्पर्क गर्नु राम्रो मानिँदैन । त्यसैले यो बेलामा यौन सम्पर्क नगरेको राम्रो ।

२) महिनावारीपछि आठौँ, नवौँ र दशौँ दिन – यी दिनमा साधनविना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । अनुसन्धानकर्ताहरुले यी दिनमा गरिने यौन सम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।

३) महिनावारी भएको ११ देखि १६ दिन – साधनविना गरिने यो बेलाको यौन सम्पर्कले गर्भरहने सम्भावना अत्यधिक हुन्छ । डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधनबिनाको यौन सम्पर्कले गर्भ रहने सम्भावना ८० प्रतिशतसम्म रहने बताउँछन् ।

४) महिनावारी भएको १७ देखि १९ दिन – साधनविना गरिने यौन सम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर ढुक्कै चाहि हुँदैन । विज्ञहरुले यसबेला पनि गर्भरहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउछन् ।

५) २० देखि महिनावारी नहुँदासम्मको दिन – यसबेला साधनविना गरिने यौन सम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात् विज्ञहरुले यतिवेला साधनविना गरिने यौन सम्पर्कले गर्भरहने सम्भावना सून्य देखि ५ प्रतिशत मात्रै रहन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १६:५८