सूचनाको शक्ति - The Power Of Information

        

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । यसअघि आइतबार ६०० रुपैयाँले घटेको सुन सोमबार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ११:५३