सूचनाको शक्ति - The Power Of Information

        

युरोकप फुटबल : स्पेनले नर्वेलाई हरायो

युरोकप फुटबल छनौटमा स्पेनले नर्वेलाई हराएको छ ।

स्पेनको मालागामा शनिबार राति भएको समुह ‘ए’ को खेलमा स्पेनले नर्वेलाई ३–० ले हराएको हो ।

खेलको १३ औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरूवाती अग्रता दिलाए । ८१ औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८४ औं मिनेटमा जोसेलुले व्यक्तिगत दोस्रो स्पेनलाई ३–० को जित दिलाए ।

यहि समुहको अर्को खेलमा स्कटल्याण्डले साइप्रसलाई ३–० ले हराएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार ०८:१५