सूचनाको शक्ति - The Power Of Information

        

आज २०७९ चैत ११ गते शनिवार, कस्तो छ तपाईंको राशिफल ?

२०७९ चैत ११ गते, शनिवार, २५ मार्च २०२३ । चैत्र शुक्लपक्ष चतुर्थी तिथि, १९ः१६ बजेपछि पञ्चमी । भरणी नक्षत्र, १६ः०८ बजे उप्रान्त कृत्तिका । चन्द्रराशि– मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ने समय छ । खर्च लागे पनि दिगो काम फेला पर्नेछ । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतले सजिलै लक्ष्यप्राप्ति हुनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ । थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ । दैनिक काममा पनि उल्लेख्य प्रगति हुनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । सामाजिक प्रभाव पनि बढ्नेछ । मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ । काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ । तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च पनि बढाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले पनि उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ । नयाँ काम थाल्न समय पर्खनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । तापनि मिहिनेतले सफलता दिलाउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ । सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । काम बिग्रने डरले सताउनेछ । अरूको फाइदाका लागि उपयोग भइएला । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्ला । साझेदारीको सामान्य समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

हिम्मतले काम बन्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । मान–सम्मान प्राप्त हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार ०६:१७