सूचनाको शक्ति - The Power Of Information

        

दाँत र मुख कसरी सफा गर्ने ?

मुख र दाँत मानिसको धेरै महत्त्वपूर्ण अंग हो । मुख शरीरको प्रवेशद्वार हो र शरीरका सबै अंगहरूलाई स्वस्थ वा अस्वस्थ बनाउन मुखले प्रत्यक्ष भूमिका खेल्छ ।

त्यसैले दाँत र मुख सधैं स्वस्थ राख्नुपर्छ । मुखलाई सधैं स्वस्थ राख्नको लागि हरेक पल सरसफाइमा ध्यान दिनुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दाँत र मुख सफा गर्न निम्न विधि अपनाउनुपर्छ ।

  • बिहान र बेलुका खाना खाएपछि फ्लोराइड टुथपेस्टले दाँत माझ्नुहोस् ।
  • अन्य समयमा थोरै मात्रामा खानाले मुख कुल्ला गर्नुहोस् ।
  • डेन्टल फ्लस प्रयोग गरेर दाँत बीचको सतह सफा गर्नुहोस् ।
  • बालबालिकाले दुई वर्ष नपुग्दासम्म सफा कपासको पानीले र दुई वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गर्नुपर्छ ।
  • चिपचिपा, प्रशोधित, चिनी, धेरै तातो वा चिसो, अमिलो खानेकुरा नखानुहोस् ।
  • धुम्रपान, मदिरा, सुर्तीजन्य पदार्थ, सुपारीको सेवन नगर्ने ।
  • सन्तुलित खानेकुरा जस्तै रेशायुक्त ताजा फलफूल, हरियो तरकारी, दूध, माछाको प्रयोग गर्ने ।
  • हरेक ६ महिनामा दाँतको परीक्षण गर्ने ।

चिकित्सकका अनुसार बिहान खाना खाएपछि र बेलुका सुत्नुअघि नियमित रूपमा मुख सफा गर्ने हो भने करिब ९० प्रतिशत मुखको रोगबाट बच्न सकिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ११:२३