सूचनाको शक्ति - The Power Of Information

        

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नु भएकी ताम्राकार निडर र हक्की स्वभावकी हुनुहुन्थ्यो।

लामो समयसम्म रेडियो नेपालमा काम गर्नु भएकी उहाँको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ ।  उहाँको आज दाहसंस्कार गरिने जनाइएको छ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ०७:४४