सूचनाको शक्ति - The Power Of Information

        

२०८० सालमा बैंकका कर्मचारीहरूकाे ३५ दिन बिदा

२०८० सालमा बैंकका कर्मचारीहरूले ३५ दिन बिदा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैकले २०८० सालमा वैशाखदेखि चैतसम्मका लागि बैंक बिदा हुने सूची सार्वजनिक गरे अनुसार ३५ दिन पाउने भएका हुन् । नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन बैंक तथा वित्तीय संस्था पूर्ण रूपमा बन्द हुने राष्ट्र बैंकले जनाएको छ । उक्त सूची अनुसार दशैँमा ६ दिन र तिहारमा ५ दिनसहित १५ दिन भने पूर्ण रूपमा बैंकिङ सेवा बन्द हुनेछ ।

२०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रूपमा प्रभावित हुनेछ । जसमध्ये २० दिन भने बैंकहरूले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायतका आकस्मिक बैंकिङ सेवा बिहान १० देखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्ने छन् ।

यस्तै इन्द्र जात्रा, भोटाे जात्रा, गाईजात्रा, घोडेजात्राका दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ भने सीमित बैंकिङ कारोबारहरू फागु पूर्णिमामा पहाडी र हिमाली जिल्लामा हुने बिदाको भोलिपल्ट तराईका जिल्लामा बिदा हुनेछ ।

फागु पूर्णिमाका दिनमा भने सीमित बैंकिङ सेवा भने उपलब्ध हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १८:५९