सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता :

लाओसविरुद्ध नेपालको अग्रता, अनन्तले गरे गोल

 प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले अग्रता लिएको छ ।

३१ औं मिनेटमानवीन लामाकाे कर्नरमा अन्तत तामाङले गाेललाइनबाट शानदार हेडरमार्फत गोल गरेका हुन्

नेपाली राष्ट्रिय टिमबाट सनिस श्रेष्ठले डेब्यु गरेका छन् ।

सशस्त्र प्रहरीको एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सनिसले राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमै डेब्युको मौका पाएका हुन् ।

नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले अञ्जन विष्टलाई बेन्चमा राखेका छन् भने भरत खवासलाई पनि पहिलाे राेजाइमा नै मैदान उतारेका छन् ।

नेपालको प्लेइङ ११ : किरण चेम्जोङ (कप्तान), रोहित चन्द, भरत खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिश श्रेष्ठ र विकास खवास

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १८:५६