सूचनाको शक्ति - The Power Of Information

        

सेक्स क्षमतामा वृद्धिसँगै गर्भवतीलाई फाइदा पुग्ने बहुगुणी काजु

ड्राइ फुडको राजा मानिने काजु किनेर खाँदा निकै महंगो पर्छ । काजु सामान्य मान्छेले दैनिक रुपमा सेवन गरेर खान सक्दैनन् ।

तर महंगो भए पनि काजुका फाइदा धेरै छन् । दैनिक रुपमा दुई वा तीन वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै फाइदा हुन्छ ।

काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायत पोषक तत्त्व पाइन्छ । यसले हाम्रो शरीरमा धेरै फाइदा पुर्याउनका साथै हड्डी र दाँत पनि बलियो बनाउन मद्दत गर्छ ।

यसमा धेरै क्यालोरी पाइने हुनाले दिनमा पाँच देखि १० वटाभन्दा बढी खानु हुँदैन । काजुलाई बहुउपयोगी मानिन्छ । काजुका फाइदालाई यसरी उल्लेख गर्न सकिन्छ ।

दिमाग तेजिलो – काजुले दिमाग तेजिलो बनाउन मद्दत गर्दछ । काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।

हड्डी र दाँत बलियो – दैनिक काजुको सेवनले हाम्रो शरीरका हाड्डी र दाँतलाई बलियो बनाउन मद्दत गर्छ ।

गर्भवतीलाई फाइदा – गर्भवतीको लागि काजु बरदान जस्तै मानिन्छ । यसले सुत्केरी आमा र बच्चा दुवैलाई एकदमै फाइदा पुर्याउछ ।

आँखा तेजिलो – काजुमा पाइने जीथाई रसायनले आँखालाई स्वस्थ र तेजिलो बनाउने गर्छ ।

छालामा चमकता ल्याउँछ – काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यसले काजु खाँदा अनुहार चम्किलो हुन्छ । काजुलाई दूधमा मिसाएर लेप बनाएर लगाउने र अनुहारमा मसाज गर्नाले पनि अनुहार अझ बढी चम्किलो र सुन्दर देखिन्छ ।

सेक्स क्षमतामा वृद्धि – नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ । साथै काजुको सेवनले कब्जियतबाट पनि छुटकारा दिन्छ ।

थकान मेटाउँछ – काजु जुनसुकै उमेरका मानिसले खाँदा पनि कुनै असर पुग्दैन । यसको सेवनले थकान मेटाउन सहयोग पुर्याउँछ ।

उच्च रक्तचाप नियन्त्रण – काजुमा सोडियमको मात्रा पाइने हुनाले उच्चरक्तचाप भएका ब्यक्तिले खाँदा अधिक लाभ मिल्छ ।

साथै काजुले कुनै साइड इफेक्ट गर्दैन । यो जुनै उमेर समूहले खाँदा पनि निकै लाभदायक छ । काजुले मुटु बलियो बनाउनुको साथै डर लाग्ने जस्ता रोगको पनि नियन्त्रण हुन्छ । काजुको सेवनले कपाल चमकदार बनाउन मद्दत पुर्याउछ । यसले कोलेस्टेरोल घटाउन समेत सहयोग पुर्याउँछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १७:४६