सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १७:१३