सूचनाको शक्ति - The Power Of Information

        

आज २०७९ साल चैत ६ गते सोमबारको राशिफल

आज २०७९ साल चैत ६ गते सोमबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको राशिफल :

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन राम्रो छ । प्रशन्नता मिल्नेछ । राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन् । प्रेममा सफलता मिल्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बोल्दा ख्याल गर्नुहोला । शिक्षाको क्षेत्रमा धेरै राम्रो छ । पठनपाठनमा जोश जागर बढ्नेछ । प्रेममा धोका पाइनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

विजय प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ । प्रेममा गढबढ हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

हर्ष बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ । रोगबाट मुक्ति पाउने योग छ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्वास्थ्यमा सुधार हुनेछ । खुसी मिल्नेछ । धार्मिक क्षेत्रमा मन जानेछ । प्रेममा सफलता मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आज सुरु गरेको काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा राम्रो नतिजा प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा मन जानेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आयआर्जन बढ्नेछ । मनमा खुसी मिल्नेछ । आज सबै क्षेत्र यथास्थितीमा रहनेछ । सामाजिक क्षेत्रमा भने मानसम्मान मिल्ने योग रहेको छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कर्म क्षेत्र अब्बल रहनेछ । रोगबाट मुक्त हुने सम्भावना छ । हनुमानलाई स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बोलीको प्रभावले साथीभाइ रिझाउन सक्नुहुनेछ । मानसम्मान बढ्नेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन् । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सोचेर मात्र बोल्नुपर्नेछ । दैनिकी आनन्दमय चल्नेछ । भूमीसम्बन्धी काम गर्ने हो भने सोचेभन्दा राम्रो उन्नती हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

इष्टमित्रसँगको भेटले मन प्रशन्न हुनेछ । आफन्तबाट ठूलो सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । प्रेममा बाह्य हस्तक्षेप बढ्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफन्तको सहयोग मिल्नेछ । अन्य क्षेत्र सामान्य रहेपनि व्यापार व्यवसायमा गरेको लगानीबाट उन्नती हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ०६:२३