अंगुर खानुका धेरै फाइदा छन् भने बेफाइदा पनि धेरै छन् । तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि धेरै अंगुर खाँदा सेलिसिलिक एसिड पाचन समस्या हुन सक्छ ।
दिनमा धेरै अंगुर खाँदा पनि पखाला लाग्न सक्छ । समयसँगै तौल बढ्नु भनेको अत्याधिक अंगुर खानुको अर्को सम्भावित साइड इफेक्ट हो । तर, कालो अंंगूर खाँदा धेरै फाइदा हुन्छ ।
यस्ता छन् अंगुर खानुका फाइदा
१. स्मरणशक्ति बढाउँछ – कालो अंगुर खाँदा स्मरणशक्ति बढ्छ किनकी अंगुरले मस्तिष्कको सक्रियता बढाउँछ ।
२. इन्सुलिन बढाउँछ – कालो अंगुर खाँदा रगतमा इन्सुलिन पनि बढ्छ । यसमा रेस्वार्टल नामक पदार्थ हुन्छ जसले इन्सुलिन बढाउँछ ।
३. कोलेस्ट्रोललाई नियन्त्रण गर्छ – कालो अंगुरमा पाइने साइटोकेमिकल मुटुका लागि राम्रो हुन्छ र यसले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ ।
४. कपालका लागि स्वस्थकर हुन्छ – यदि तपाईलाई कपाल सम्बन्धी कुनै समस्या छ भने तपाईले कालो अंगुर खानु पर्छ । यसमा पाइने भिटामिन ई निकै फाइदाजनक हुन्छ ।
५. तौल घटाउन पनि मद्दत गर्छ – कालो अंगुरको सेवनले तौल घटाउन पनि मद्दत गर्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं