पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मुद्दा सुनुवाइका लागि इस्लामावाद अदालत पुगेका छन् ।
उनी निस्किनेबित्तिकै लाहोरको जमान पार्कमा रहेको उनको घरमा प्रहरी प्रवेश गरेको छ। प्रहरीको बुलडोजरले गेट तोडेर घर भित्र पसेको छ
उक्त क्रममा प्रहरी र पीटीआई कार्यकर्ताबी झडप भएको थियो । प्रहरीले पीटीआई कार्यकर्तालाई लाठीचार्ज गरेको छ र धेरैलाई पक्राउ गरेको छ ।
जमान पार्कमा प्रहरीको आगमनबारे इमरानले ट्वीट गर्दै भनेका छन्, ‘मेरो पछाडिबाट पञ्जाब पुलिस घर पुग्यो । मेरी श्रीमती त्यहाँ एक्लै छिन् । कुन कानूनबमोजिम यो कारबाही भइरहेको छ ?
उनले यो सबै नवाज शरीफको योजनाअनुसार भएको आरोप लगाएका छन्।
इस्लामाबाद जाने बाटोमा कल्लर कहर नजिकै इमरानको तीनवटा गाडी एक आपसमा ठोक्किएका थिए ।
तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ । यो ठाउँ राजधानीबाट करिब १ सय ३५ किलोमिटर टाढा छ। दुर्घटनामा धेरै मानिस घाइते भएको समाचारमा जनाइएको छ।
सत्यपाटी संवाददाता । काठमाडौँ