सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

बिहानैदेखि पहाडी भू–भागमा वर्षा

दिउँसो कोसीदेखि वाग्मती प्रदेशसम्म वर्षाको सम्भावना

देशभर स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका केही भागमा आज बिहान वर्षा भइरहेको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको हो ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहको छ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार ०६:२७