सूचनाको शक्ति - The Power Of Information

        

दाङमा निसासिएर एक जनाकाे ज्यान गयाे

दाङमा कोठामा लागेको आगोका कारण निसासिएर शुक्रवार (आज) एक जनाको ज्यान गएको छ ।

आगाेका कारण निसासिएर दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ देवीगञ्जकी ४० वर्षकी पार्वती घर्तीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

एक कोठाको घरमाभित्र ओढ्ने ओछ्याउने कपडामा आगो लागेको र घर्तीको भित्रै निसासिएर ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १७:१२