उपराष्ट्रपति पदको निर्वाचनमा ५३ जना सांसदले मतदान गरेनन् । २१ संघीय सांसद र ३२ प्रदेश सांसदले उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगरेका हुन् ।
उपराष्ट्रपति पदको निर्वाचनको लागि मतदान प्रक्रियामा संघतर्फबाट ३११ र प्रदेश तर्फबाट ५१८ गरि ८२९ जनामात्र सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्दा ८८२ जनाको नाम सार्वजनिक गरेको थियो । मतदान सम्पन्न भएसँगै मतगणना सुरु भइसकेको छ ।
उपराष्ट्रपति निर्वाचनमा सहभागी नभएका सांसदहरू
१. राप्रपा संघ १४, प्रदेश २८ गरि जम्मा – ४२ जना
२. नेमकिपा संघ १, प्रदेश ३ गरि जम्मा – ४ जना
३. राष्ट्रपति रामचन्द्र पौडेल – १ जना
४. संघका चन्द्र चण्डारी (बिरामी) – १ जना
५. संघका बर्षमान पुन (बिरामी) – १ जना
६. संघका सनाज रहमान (मृत्य) – १ जना
७. संघमा लक्ष्मी कोईरी महतो (फरार) – १ जना
८. जसपा प्रदेश सांसद – १ जना
९. संघको मनोरमा शेरचन (बिरामी) – १ जना
– संघमा २१ जना
– प्रदेशमा ३२ जना
सत्यपाटी संवाददाता । काठमाडौं