सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट घटेर आयो इन्धनको मूल्य, निगमले के गर्छ ?

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आइओसी)ले बिहीबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

नेपाली बजारमा अहिले पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ । भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब नेपाल आयल निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्नेछ ।

केही साताअघि पनि भारतले भारतले खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटटाएर पठाएको थियो । तर, निगमले मूल्य यथावत राखेको थियो । आइओसीले प्रत्येक साता इन्धनको नयाँ मूल्य सूची निगमलाई पठाउने गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १७:१५