सूचनाको शक्ति - The Power Of Information

        

दूधको भाउ बढ्दा किसान, बिचौलिया र उपभोक्तालाई कति ?

फाइल तस्वीर

दुग्ध विकास संस्थान (डिडिसी)ले आजदेखि दूधको खुद्रा मूल्य तोकेको छ । एक लिटरमै १६ रुपैयाँसम्म बढाइएको छ ।

यसअघि सरकारले किसानको दूध खरिदमा प्रतिलिटर १० रुपैयाँ ४० पैसा बढाएको बताएको थियो । संस्थानका अनुसार निलो प्याकेटको दूधमा प्रतिलिटर ११ रुपैयाँ बढेको छ ।

पहिले प्रतिलिटर ८६ रुपैयाँ थियो भने आजदेखि ९७ रुपैयाँ कायम भएको छ । संस्थानले बिक्री गर्दै आएको गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ ।

अब गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ कायम भएको छ । हरियो प्याकेटको दूधमा प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । उक्त दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ भएको छ ।

चिया दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाएर ९० रुपैयाँ पुगेको जानकारी दिइएको छ । यसो गर्दा किसानलाई १०, उपभोक्तालाई १६ र बिचौलियालाई ६ रुपैयाँ भाग÷भार लाग्ने स्थिति छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १०:०७