सूचनाको शक्ति - The Power Of Information

        

बालिका बलात्कार गरेको आरोपमा डुडुवामा एक जना पक्राउ

बाँकेको डुडुवामा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका–३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहारलाई प्रहरीले पक्राउ गरेको छ ।

लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैंचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १८:५६