सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा वडाबाटै राष्ट्रिय परिचय पत्रको विवरण संकलन

बाँकेको नरैनापुर गाँउपालिमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने अभियान सुरु  भएको छ ।

अभियानअन्तर्गत पहिलो चरणमा नरैनापुर गाउँपालिकाको वडा नं. १, २, ३ र ५ मा वडास्तरीय घुम्ती शिविर आयोजना गरी विवरण लिने काम सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत मणीराम खरालले बताए ।

राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी पहिलो चरणमा चारवटा वडाबाट अभियान सुरु गरिएको बताउदै नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरालले प्रत्येक वडामा दुईवटा स्टेसन रहनेगरी ८ वटा स्टेसन मार्फत विवरण संकलन गर्ने कार्य जारी रहेको जानकारी दिए ।

गाँउपालिका भित्र सुरु भएको राष्ट्रिय परिचयपत्र विवरण संकलन केन्द्रहरुको अनुगमन गर्दै नरैनापुरका अध्यक्ष इश्तिायक अहमद शाहले अबको युग प्रविधिमैत्री भएकाले सबैले परिचयपत्र प्राप्त गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०८:०२