सूचनाको शक्ति - The Power Of Information

        

खानेपानीमन्त्री अब्दुल खान न्यूयोर्क जाने

खानेपानीमन्त्री अब्दुल खान अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलन (वल्र्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन जाने भएका छन्।

मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानीमन्त्री खानले जानकारी दिए।

उनले भने, ‘मन्त्रिपरिषद्को आजको बैठकले अमेरिकामा आयोजना हुने वर्ल्ड वाटर कन्फ्रेन्समा सहभागी हुन खानेपानीमन्त्रीलाई स्वीकृति दिएको छ।’

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०७:३४