युरोपेली युनियन लगायत युरोपको चार वटा मुलुकका राजदूतहरु धनगढी हुँदै हिजो बेलुकी डोटी पुगेका छन् । उनीहरु रुबस होटलमा धनगढीका उपमेयरसँग कुराकानी गरेपछि तीन वटा कूटनीतिक नियोगको गाडीमा डोटीको बुडर गएका हुन् ।
धनगढीको रुबस होटलमा जर्मन राजदूत थोमस प्रिन्ज, फिनल्याण्डका रिना हेइक्का,फ्रान्सका गिलेस बोर्बाओ र युरोपियन युनियनका राजदूत नोना डेप्रेजले उपमहानगरपालिकाका उपमेयर कन्दकाल रानासँग भेटघाट गरेका थिए । तर विदेशीसँग गरिएको भेटघाटबारे प्रदेश सरकार र संघीय सरकारलाई पूर्व जानकारी गराइयो वा गराइएन भन्ने विषय बाहिर आएको छैन ।
उपमेयरसँगको भेटघाटपछि चारै जना राजदूत १८–०–६६५, ७२–सि–डि–३९ र ७२ सि–डी–२ नम्बरको गाडीमा डोटीको बुडरतर्फ गएको बताइन्छ । हिजै साँझ युरोपेली मुलुकका कूटनीतिज्ञहरु जोरायल गाउँपालिका २ स्थित होटल बरपिपल गेष्ट हाउस पुगेर बास बसेका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं