सूचनाको शक्ति - The Power Of Information

        

अनुदान घट्यो, मलको मूल्य बढ्यो

सरकारले किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदान करिब १२ प्रतिशतले घटाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार सोमबार बसेको विभागीय मन्त्रीस्तरको बैठकले मलमा दिएको अनुदान हटाएको हो ।

मुलुकभित्र रासायनिक मलको बढ्दो माग, अकासिँदो अन्तर्राष्ट्रिय मूल्य र मलमा दिएको अनुदानको हिस्साका कारण बजेट पुर्‍याउन नसकिने भन्दै अर्थ मन्त्रालयले मलको अनुदान लागतको ५० प्रतिशत बढी नपर्ने गरी निर्णय गर्न मन्त्रालयले सुझाव दिएको थियो ।

अहिले त्यहिअनुसार विभागयि मन्त्रीस्तरबाट निर्णय गरिएको हो ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०७:२६