सूचनाको शक्ति - The Power Of Information

        

निजामती अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो ।

अस्पतालले दशौँदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । एकै दिन दुईवटा सार्वजनिक विज्ञापन प्रकाशन गर्दै अस्पताले दशौँदेखि चौथो तहसम्मका लागि ठूलो संख्याका कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ । आवेदन अस्पतालको वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट दिनुपर्नेछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०७:२०