सूचनाको शक्ति - The Power Of Information

        

भगवान विष्णुको अवतार ‘गोल्डेन कछुवा’ नेपालमा

स्वर्ण कछुवालाई नेपालमा हिन्दु धर्म मान्नेहरुले भगवान विष्णुको रुपमा मान्छन् । भगवान विष्णुको अवतारहरु मध्ये एउटा कछुवाको अवतार पनि भएको धार्मीक मान्यता छ ।

त्यो कछुवा स्वर्ण कछुवा हो । भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा फेला परेको छ । विश्वमै निकै दुर्लभ मानिने स्वर्ण कछुवा नेपालमा फेला परेको हो ।

विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो पाचौँ पटक हो । भगवान विष्णुले पृथ्वीलाई ध्वस्त हुनबाट जोगाउनका लागि स्वर्ण कछुवाको रुप धारण गरेको हिन्दु धर्ममा पौराणिक कथन छ ।

स्वर्ण कछुवा धनुषाको धनुषाधाम नगरपालिकामा फेला परेको हो । जनावर विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फेला परेको बताएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १७:३३