रेनुका गिरी । बुटवल । पाँच नम्बर प्रदेश सरकारले कपिलवस्तुको जगदिशपुर तालमा २५ औं अन्तराष्ट्रिय जैविक विविधता दिवस मनाउने भएको छ । प्रदेश नम्बर ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको अगुवाईमा जगदिशपुरमा जैविक विविधता दिवस मनाउन लागिएको हो ।
जैविक विविधताको महत्वलाई दर्शाउन विश्वभर हरेको वर्षको मे २२ तारिखमा यो दिवश मनाउने गरीन्छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गर्यो । जसअनुसार जैविक विविधता महासन्धीमा हस्ताक्षर भएको दिनको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० बाट हरेक वर्ष यो दिवस मनाउने घोषणा गरे बमोजिम यो दिवश मनाइदैँ आएको छ ।
दिवसका अवसरमा जगदिशपुर तालको इतिहासबारे जानकारी, स्थानीय संस्कृति झल्कने झाँकी प्रस्तुती, निवन्ध प्रतियोगिता, विभिन्न प्रजातीका दुर्लभ चराहरुको डिस्प्ले, बर्ड वाचिङ लगायतका कार्यक्रम गर्ने मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर ५ को उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव सूर्यकान्त सिग्देलले रामसारमा सूचिकृत जगदिशपुर तालमा जैविक विविधता दिवस मनाएर यसको महत्वलाई अझ बढावा दिनुपर्ने र प्रचारप्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको जानकारी दिए ।
मन्त्रालयका सचिव सिग्देलले जगदिशपुर ताल संरक्षणमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउँदै जगदिशपुरलाई पर्यटकीय गन्तब्य बनाउने गरी योजना निर्माण गर्न स्थानीय तथा सरोकारवालाई आग्रह गरे । जगदिशपुर तालको जैविक विविधतालाई संरक्षण गरेर प्रदेश नम्बर ५ कै प्रमुख पर्यटकीय गन्तब्य बन्ने सम्भावना बोकेको जगदिशपुरलाई स्थानीय र प्रदेश सरकारले दिर्घकालिन योजना बनाएर काम गर्नुपर्ने उनको भनाई छ ।
तालमा चरा मात्र नभई ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने आईयुसीएनले गरेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चरा पनि देख्न पाइन्छ । विश्वमै दुर्लभ पानी विरालो पनि तालमा पाइन्छ । विश्व रामसार क्षेत्रको सूचीमा सूचिकृत रहेको जगदिशपुर तालभित्र १३ प्रजातिका जलीय वनस्पति, २५ प्रजातिका माछा, १८ प्रजातिका स्तनधारी, ४२ प्रजातिका पंक्षीहरु र ८ प्रजातिका वर्षायाममा बसाई सरेर आउने घडियाल गोही जस्ता ठूला घस्रिने जन्तुहरु पाइदै आएको छ ।
जैविक विविधता दिवस भब्य रुपमा मनाउन जगदिशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च, कपिलवस्तु नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला बन कार्यालय, वाणगंगा सिंचाई आयोजना, बर्ड कन्जरभेसन नेपाल, नेपाल पत्रकार महासंघ कपिलवस्तु लगाएतको सहकार्य रहेको छ । कपिलवस्तुको निग्लिहवा गाविसको १ र ४ वडामा पर्ने जगदीशपुर ताल हजारौँ चराचुरुंगीको बासस्थान हुन थालेपछि सन् २००३ मा यस क्षेत्रको संरक्षणका लागि सरकारको पहलमा रामसार सचिवालयबाट विश्व सिमसार क्षेत्रको रूपमा सूचीकृत भएको थियो ।
१५७ हेक्टरमा फैलिएको ताल कृत्रिम रुपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो । कपिलवस्तुका घाँसै मैदान, खेतबारी र ताल आसपास विश्वमै दुर्लभ मानिए पनि लोप हुने अवस्थामा पुगेका सानो खैरो, सुन र डंगर गिद्ध सजिलै देख्न सकिन्छ । विश्वमा दुर्लभ मानिएका लघु महाचिल, जीबाहर महाचिलका साथै भँुडीफोर गरुड, हिमाली र सेतो गिद्ध पनि ताल क्षेत्रमा प्रशस्त भेटिन्छन् । सो तालको सम्पूर्ण परिक्रमा गर्नको लागि ५ किलोमिटर रहेको छ । तालमा तालको मनोरञ्जनसंगै १६७ प्रकारका चराहरु रहेका छन् । यो तालको एक स्थानबाट तालमा पाइने ११६ प्रकारका चरा चुरुङ्गी एकैसाथ देख्न सकिन्छ । गतवर्षको गणनामा १९ हजार रहेका चरा संख्या यो वर्षको गणनामा २० हजार चराहरु सो ताल क्षेत्रमा रहेका छन् । तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाइने नेपाल पंक्षी संरक्षण संघले जनाएको छ ।
तालमा चरा मात्र नभई ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने आईयुसीएनले गरेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चरा पनि देख्न पाइन्छ । विश्वमै दुर्लभ पानी विरालो पनि तालमा पाइन्छ । विश्व रामसार क्षेत्रको सूचीमा सूचिकृत रहेको जगदिशपुर तालभित्र १३ प्रजातिका जलीय वनस्पति, २५ प्रजातिका माछा, १८ प्रजातिका स्तनधारी, ४२ प्रजातिका पंक्षीहरु र ८ प्रजातिका वर्षायाममा बसाई सरेर आउने घडियाल गोही जस्ता ठूला घस्रिने जन्तुहरु पाइदै आएको छ ।
विश्वमै दुर्लभ मानिएको सारश जगदिशपुर तालमा देखिन्छन् । उडन सक्ने चरा मध्ये सबैभन्दा अग्लो चरा सारश हो । करिव १० किलोसम्म तौल हुने सारश दुर्लभ चरा भएकाले नेपालको बन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पंक्षी प्रजाति मध्ये एक हो । नेपालमा बढीमा ४ सय सारश भएको अनुमान गरिएको छ । जसमा कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै २५० बढी सारश रहेको चराविद् बताउँछन् ।
तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशबाट चराहरु आउने गरेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न नेपालको तराईतिर आउने गर्दछन् । त्यस्तै जाडोका बेला पर्ने हिउँले उनीहरुले आहार नपाउँदा पनि चरा यता आउने गरेको यहाँ गर्मी हुन थाले पछि फेरी उतैतिर फर्कने गर्दछन् ।
।