सूचनाको शक्ति - The Power Of Information

        

नेविसंघले लगायाे कांग्रेस कार्यालयमा ताला

नेविसंघमा स्ववियु निर्वाचनमा टिकट वितरणकाे विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीकाे एक समूहले कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलाैटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन्।

अञ्सुल केसी र निश्चल महर्जन नेतृत्वकाे विद्यार्थीकाे समुहले विहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेकाे थियाे भने दिउँसाे पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले सभापति शेर्पाले एकलाैटी बनाएकाे जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विराेध जारी राखेका छन् ।

उनीहरूले स्ववियु निर्वाचनकाे सम्मुखमा गरिएकाे मनपरि निर्णयले संगठनलाई क्षति हुने भन्दै सभापति शेर्पाका राजीनामा माग गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार १८:५०