सूचनाको शक्ति - The Power Of Information

        

समस्याग्रस्त अर्थतन्त्रको भारी बोक्न को अर्थमन्त्री ?

१० पुसमा आठ दलीय गठबन्धनमा बनेको सरकारका प्रमुख घटनाहरु ६५ दिनमै सरकारबाट बाहिरिएका छन् ।

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत गठबन्धनमा रहेका दल अहिले सत्ता बाहिर छन् ।

१५ फागुनमा नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि अर्थसहित १६ मन्त्रालयको जिम्मेवारी एक्ला प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्दै आएका छन् ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता समिकरणमा फेरबदल आएसँगै नेपाली कांग्रेससहितका केही दल सरकारमा जाने तयारीमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनपछि सरकारलाई पूर्णता दिने बताउँदै आएका छन् ।

बिहीबार राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् भने ३ चैतमा उपराष्ट्रपति निर्वाचन हुँदैछ ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार ०७:०७