बाजुरा । ‘उनीहरुलाई लाग्ने देउता हाम्लाई पनि लाग्ला । उनीहरुका देउता रिसाउने भए हाम्रा पनि रिसाउलान् । यही सोचेर हामी पनि महिनावारी हुँदा बाहिर बस्न थाल्यौँ ।’ ३१ वर्षकी शारदा गुरुङले सुनाएको कुरा हो यो । बाजुराको बुढीनन्दा नगरपालिका ८ पाण्डुसेनकी शारदा जनजाती परिवारको भएकाले महिनावारी सुरु हुँदाका केही वर्ष छाउगोठमा बस्नु परेन ।
परिवारमा महिनावारी अर्थात छाउ हुँदा बार्ने चलन थिएन । तर उनीसँगैका गाउँमा अरु समुदायका साथीले भने घर बाहिर बिताउनु पर्ने थियो । उनीहरुको एउटै भनाई–छाउ हुँदा घरभित्र बसे, मिठो खाए वा राम्रो लाए देउता रिसाउँछन् । उनी शारदाको परिवारलाई लाग्यो उनीहरुको देउता रिसाउने भए, हाम्रो देउता पनि त रिसाउलान् । त्यसैले थाले उनीहरुले पनि छाउ हुँदा घर बाहिर गोठमा बस्न ।
पाण्डुसेनका जनजाति जो छाउ हुँदा पनि घरमै बस्थे उनीहरुले बिचमा आफ्ना पनि देउता रिसाउने डरले बाहिर बस्न बाध्य बनायो । तर अहिले उनीहरु फेरि घरभित्रै बस्न थालेका छन् ।
प्रमिला कुमारी विष्ट (गुरुङ) को कुरा पनि उस्तै छ । प्रमिलाको परिवारले पनि गाउँमा गैर जनजातिको देखासिकी गरेर उनलाई छाउगोठमा बस्न बाध्य बनाए । पाण्डुसेनका जनजाति जो छाउ हुँदा पनि घरमै बस्थे उनीहरुले बिचमा आफ्ना पनि देउता रिसाउने डरले बाहिर बस्न बाध्य बनायो । तर अहिले उनीहरु फेरि घरभित्रै बस्न थालेका छन् ।
गाउँमा महिला हिंसा विरुद्ध अभियान चल्यो । महिलाको पक्षमा काम गर्दै आएको साथी संस्थाको आस्था कार्यक्रम र स्थानीय पिसविनको सहकार्यमा महिला तथा पुरुष एकजुट भएर निगरानी समूह बनाए । त्यसपछि देउताको डरमा पहिले घरमै बसेर पनि बिचमा बाहिर बस्न थालेका शारदा र प्रमिलाहरु फेरि घरमै बस्न थाले ।
उनीहरु मात्रै होइन परम्परादेखि नै घर बाहिर नै बस्दै आएका गैर जनजातिहरु पनि घरमा बस्न थालेका छन् । पूरै त परिवर्तन भएको छैन तर धेरै घर फिरेका छन् । जनजातिहरुमा भने पूर्ण जस्तै छ । सबै अहिले घरमै बस्न थालेका छन् । शारदा र प्रमिलाले एकै स्वरमा भने, ‘पहिला नरिसाएका देउता बिचमा रिसाउने डर भयो । तर त्यो डर मात्रै रहेछ । अहिले त हामी घरभित्रै बस्न थालेका छौँ ।’
।