ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ को हिलेपानी नजिक सिद्धिचरण राजमार्गमा गुडिरहेको यात्रुवाहक सुमो गाडीमा आगो लागेको छ ।
प्रहरीका अनुसार सुमो गाडीको इन्जिन तातिएका कारण वाइरिङ तार सर्ट भएर आगो लागेको हो । उक्त सुमोमा ९ जना यात्रु सवार थिए ।
आज दिउँसो १ बजेको समयमा लागेको आगोका कारण काठमाडौँबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना १ ज ८८८२ नम्बरको सुमो जलेर पूर्ण क्षति भएको छ ।
यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले सुमोमा भएका यात्रु र सामान निकाल्न सफल भएको छ ।
सत्यपाटी संवाददाता । ओखलढुंगा