सूचनाको शक्ति - The Power Of Information

        

सी तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित

सी जिनपिङ, चिनियाँ राष्ट्रपति

सी चिङपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । चीनको संसदबाट सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएको बीबीसीले जनाएको छ ।

चिनियाँ शासन प्रणालीमा राष्ट्रपतिको कार्य धेरै हदसम्म औपचारिक हुने गरेको छ । सी कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको अध्यक्षसमेत हुन् ।

सी राष्ट्रपति हुनुअघि चीनमा कुनै पनि व्यक्ति केवल दुई कार्यकालका लागि सो पदमा बस्न पाउने व्यवस्था भए पनि सन् २०१८ देखि उक्त प्रतिवन्ध फुकुवा भएको थियो ।

६९ वर्षीय सी पछिल्ला समयमा चीनको सबैभन्दा प्रभावशाली नेताको रुपमा रहेको समेत बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १२:५३