सूचनाको शक्ति - The Power Of Information

        

रामचन्द्र राष्ट्रपति भएपछि के भने रवि लामिछानेले ?

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पनि बधाई दिएका छन् ।

सार्वजनिक घोषणा नगरी पौडेललाई नै भोट दिएपछि लामिछानेले पौडेललाई बधाई दिएका हुन् ।

लामिछानेले पौडेललाई अभिभावक बन्न सुझाव दिएका छन् ।

‘मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई दिन चाहन्छु । सिंगो देशको अभिभावक  बन्नुहुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु,’ लामिछानेले भनेका छन् ।

रास्वपाले निर्वाचन आचारसंहिता रहेको भन्दै बाहिर घोषणा नगरी राष्ट्रपतिमा पौडेललाई नै भोट दिएको थियो ।

एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

नागरिकता प्रकरणमा लामिछानेको सांसद पद नै खारेज भएको थियो । उनले पुनः नेपालको नागरिकता प्राप्ति गरेपछि वैशाख १० गते चितवन–२ मा हुने उपचुनावमा फेरि उठ्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १८:४१