जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता हुनुहुन्छ । उहाँ बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।
उपराष्ट्रपतिको चुनाव आगामी ३ चैतमा हुँदैछ ।
सत्यपाटी संवाददाता । काठमाडौँ