सूचनाको शक्ति - The Power Of Information

        

अभिनेत्री सुरक्षा र मानव विवाह बन्धनमा

अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिएकी छिन् । उनले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन् ।

सुरक्षाले सामाजिक सञ्जालमा विवाहको तस्विर सार्वजनिक गर्दै ‘शुभविवाह’ लेखेकी छन् । चितवनको सौराहमा यी जोडीले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् ।

अभिनेता मानवको फिल्म ‘अन्तराल’ र ‘चिनी कम रङ कडा’मा अभिनय देख्न सकिन्छ भने यतिबेला उनी सर्ट फिल्म निर्देशनमा व्यस्त छन् ।

यस्तै, अभिनेत्री पन्त अभिनीत नयाँ फिल्म ‘बहाव’को ट्रेलर हालै सार्वजनिक भएको छ । ट्रेलरमा सुरक्षा पन्तलाई सुरक्षा विद्रोही पात्रको रूपमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १५:२०