सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति निर्वाचनमा मतदान सुरु, रामचन्द्र पौडेलले हाले पहिलो मत

मुलकका लागि हुन गइरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ । बानेश्वरस्थि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखि मतदान सुरु भएको हो । जारी मतदानमा पहिलो मत नेपाली कांग्रेसका नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले हालेका छन् ।

‘बिहान १० बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘तीन बजेसम्म लाइन बसेका सांसदले मतदानमा सहभागी हुन सक्नेछन् ।’ मतदानका लागि संघीय सांसदका सांसद र प्रदेश सांसदह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर लाइन बसिसकेका छन् ।

संघीय सांसद र प्रदेश सांसदका लागि मतदान गर्ने स्थल अलग अलग बनाइएको छ । सांसदहरु मतदानस्थलमा आउने क्रम जारी छ । आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १०:२३